काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अप्रेसन सफल भएको छ ।

 

 

‘त्रिविस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्जमा एपेन्डिसाइटिसको अपरेसन १२ः४५ बजे सफलतापूर्वक सम्पन्न भएको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

 

गएराति पेट दुखेपछि प्रधानमनत्री ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो ।

 

चिकित्सकहरुको परीक्षणपछि प्रधानमन्त्रीलाई ‘एपेन्डिसाइटिस भएको भन्दै शल्यक्रिया गर्नुपर्ने बताएका थिए ।

 

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ ।

 

मिर्गौलामा समस्या देखिएका कारण कात्तिक १३, यता ओलीको चारपटक डायलासिस भैसकेको छ ।

 

पछिल्लो पटक गत आइतबारमात्रै उनको मृगौलाको डायलासिस गरिएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version