काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोग लगाइने विषयमा तल्लो सदनमा छलफल सुरु भएको छ ।

 

विपक्षी दल डेमोक्रेटिकको आग्रहमा ट्रम्पमाथि महाभियोग लगाउनेबारे छलफल सुरु भएको हो।

 

ट्रम्पले डेमोक्रेटिक पार्टीका नेता जोइ बाइडेनविरुद्ध भ्रष्टाचारको अनुसन्धान गर्न युक्रेनका राष्ट्रपतिलाई आग्रह गरेको विषय सार्वजनिक भएपछि डेमोक्रेटिक पार्टीका नेताहरुले ट्रम्पले अन्तर्राष्ट्रिय कुटनीति तथा मूल्य मान्यताविरुद्ध कार्य गरेको भन्दै उनीमाथि महाभियोग लगाइनु पर्ने बताएका थिए।

 

बाइडेन आगामी वर्ष हुने राष्ट्रपतिय निर्वाचनमा ट्रम्पको सम्भावित प्रतिस्पर्धी हुन्।

 

प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले छलफल अगाडि बढाएपछि ट्रम्पले महाभियोग प्रक्रियामाथि व्यंग्य गरिरहेका छन्। उनले दोहोर्याउँदै डेमोक्रेटिक पार्टीका नेताहरुको आलोचना गरेका छन्।

 

यसबीचमा अमेरिकी तल्लो सदनले ट्रम्पलाई महाभियोग प्रक्रियामाथि प्रश्न गर्नुभन्दा महाभियोग सुनुवाईमा उपस्थित हुन निम्तो दिएको हो।

बीबीसीका अनुसार ट्रम्पमाथिको महाभियोग सुनुवाई डिसेम्बर ४ तारिखका लागि तोकिएको छ।

 

ट्रम्पले सुनुवाईमा सहभागी भए त्यहाँ महाभियोगकका पक्षमा उभिएका नेताहरुसँग प्रश्न गर्न सक्नेछन्।

महाभियोगको पक्षमा विपक्षी डेमोक्रेटहरूको बलियो समर्थन छ।

 

यदि अनुसन्धान संसद्‌मा अघि बढेमा मतदान हुनेछ र तल्लो सदनबाट सहजै पारित हुने देखिन्छ।

 

त्यसपछि त्यो माथिल्लो सदन सिनेटमा पुग्नेछ। दुईतिहाइ बहुमतको खाँचो पर्ने उक्त सदनमा रिपब्लिकनहरूको बाहुल्य रहेकाले त्यहाँबाट पारित हुने सम्भावना भने कम देखिन्छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version