काठमाडौं ः बारा,निजगढ नगरपालिका(१२ स्थित रतनपुर(कुलिया सडक खण्डमा बाटो बनाउन राखेको अलकत्राको मेशिनमा काम गर्ने क्रममा बुधबार साँझ आगलागी हुँदा करिब २२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कपिलवस्तु, बाणगंगा नगरपालिका ४ गजेडास्थित सडकमा तौलिहवातर्फ ग्यालेनमा मट्टितेल बोकी जाँदै गरेको लु.२३ प २८३४ नम्बरको मोटरसाइकलमा मट्टितेल पोखिन गई बुधबार साँझ आगलागी हुँदा उक्त मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

साथै उक्त आगोमा परी घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५३ वर्षीय कमल अधिकारी र उनकै छोरा २५ वर्षीय सन्तोष अधिकारीको सिएनसिअस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version