काठमाडौँ: ट्राफिक प्रहरी महाशाखाले १३ दक्षिण एशियाली खेलकुद (साग) को उद्धघाटन (१५ गते) र समापनको दिन मङ्सिर २४ गते उपत्यकामा सबै सवारीमा जोर बिजोर यातायातको व्यवस्था लागे गरेको छ ।

सागको मुख्य उद्धघाटनको दिन १५ गते बिजोर नम्बर प्लेट र २४ गते जोर अंकको नम्बर प्लेट प्रयोग गरेर मात्रै सवारी चलाउन अनुरोध गरेको छ।

यस्तै महाशाखाले ठुला मालवाहक सवारी साधनहरू रिङरोड भित्र प्रवेश पनि रोक लगाएको छ। यस्तो छन् ट्राफिक प्रहरीको अन्य अनुरोध ।

१. दशरथ रङ्गशाला वरिपरिका मार्गको सकभर प्रयोग नगरी अन्य
वैकल्पिक तथा भित्री सडकको प्रयोग गरिदिन हुन ।

२ . सरकारी, अत्यावश्यक सेवा, खेलसँग आवद्ध र सञ्चारकर्मीका
सवारी साधन वाहेक अन्य सम्पूर्ण सवारी साधनले खेल
उद्घघाटन मंसिर १५ गतेका दिन विजोर नम्वर प्लेट र समापन
मंसिर २४ गतेका दिन जोर नम्वर प्लेटका सवारी साधन मात्र
चलाउनु हुन ।

 

३ २०७६ मंसिर १५ गतेको उद्घघाटन र मंसिर २४ गतेको
समापनका दिन कम भन्दा कम सवारी साधनहरू प्रयोग
गरिदिन हुन ।

 

४ पुराना र अवस्था ठिक नभएका सवारी साधनहरू नचलाईदिनु
हुन ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version