काठमाडौँ: एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ।

शुक्रवार प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका निजि चिकित्सक डाक्टर दिव्या सिंहले सोचेको भन्दाबढी प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएको जानकारी दिएकी हुन् ।

‘हामीले अपेक्षा गरेको भन्दाबढी स्वास्थ्यमा सुधार आएको छ। उहाँ अहिले खाना खान थाल्नु भएको छ। ‘ डाक्टर सिंहले भनिन्।

सिंहले ओलीको मृगाैलाले अलिअलि काम गरिरहेको र समस्या आउन नदिन अप्रेशन गरिएको बताउँदै भनिने, ‘ उहाँको बिहिवार डायलासिस गरिएको थियो।आवश्यक परेमा थप डायलासिस गरिनेछ।’

स्वास्थ्यमा सुधार आएको बताइएपनि ओली अझै एक साता अस्पतालमा नै बस्नु पर्ने बताइएको छ। अहिलेको अनुपातमा स्वास्थ्यमा सुधार आए १० दिनभित्र प्रधानमन्त्री सामान्य नियमित काममा फर्किन सक्ने डाक्टर सिंहले बताइन्।

पत्रकार सम्मेलनमा चिकित्सक अरुण सायमिले ओली खतरा मुक्त भएको बताए। भने,’अहिले उहाँ खतरामुक्त हुनुहुन्छ। संक्रमणको खतराले आइसीयुमा राखिएको छ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version