काठमाडौँ: दक्षिण एसियाली खेलकुद प्रतियोगिताको एथ्लेटिक्समा महिला तर्फ मध्यम दूरीमा पदकको संभावना बोकेकी खेलाडी तुलसा खत्री सागको मुखैमा विदेश पलायन भएकी छिन् ।

उनी सागको बन्द प्रशिक्षणमा रहेकै बेला प्रशिक्षण छोडेर कामका लागि कतार लागेकी हुन ।

४ सय मिटर र ४ सय मिटर रिलेमा टिममा रहेकी तुलसाले अन्तिम समयमा कसैलाइ जानकारी नदिइ एकाएक कतार उडेकी हुन । बुधबारसम्म प्रशिक्षणमा रहेकी उनी बिहीबार बिहानबाट टिमबाट बाहिर भएकी थिइन् । अचानक प्रशिक्षणमा नआएपछि उनको खोजी गर्दा उनी कतार उडिसकेकी थिइन् ।

तुलसाले सागकाे मुखमै देश छाेडेपछि यतिबेला एथ्लेटिक्समा ठूलो अन्याेल छाएको छ । अब यो विधामा कसलाइ खेलाउने भनेर संघका साथै आयोजकहरू तनावमा परेका छन् ।

नेपाली टिमका डेप्युटी सेफ डि मिसन रिम रानाभाटले यसबारेमा आफूहरुले सदस्यसचिवलाइ जानकारी गराएको र अब कसरी खेलाउने भन्नेमा अन्योल भइरहेको बताउनु्भयाे ।

तुलसाले चीनमा भएको सैन्य प्रतियोगितामा ४ सय मिटर दौडमा नयाँ कीर्तिमान कायम गरेकी थिइन् । यसका साथै उनले आठौँ राष्ट्रिय खेलकुदमा पनि उनले स्वर्ण जितेकी थिइन् ।

अचानक कतार जानु अगाडि उनले प्रशिक्षकलाइ खबर भने गरेकाे पाइएकाे छ । प्रशिक्षकलाई उनले ‘जीवन बनाउन कतार गएको’ बताएकाे बुझिन आएकाे छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version