सुनसरी: एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार एम्बुलेन्समा १ महिला र ६ पुरुष सवार थिए।

विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको एम्बुलेन्स र वीरगंजबाट विराटनगर जाँदै गरेको ट्रकसँग एकआपसमा ठोक्किदां एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर खाएपछि उछिट्टिएको एम्बुलेन्स सडकमा उल्टो बजारिएको थियो। एम्बुलेन्स उपचार गर्न विराटनगरको गोल्डेन अस्पताल ल्याईएकी महिलाको उपचारका क्रममा निधन भएपछि उनलाई लिएर उदयपुर फर्कदैं थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version