सिमकोट : खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म मतगणना हुन सकेको छैन ।

 

उपाध्यक्ष पदका लागि शनिबार सम्पन्न भएको मतदान कार्यको आज बिहान ८ बजेदेखि मतगणना शुरु हुने भनिए पनि विवादका कारण मतगणना हुन नसकेको हो ।

 

तीनवटै राजनीतिक दलहरुले वडागतरूपमा मतगणना गर्नुपर्ने माग राखेका छन् भने मुख्य निवार्चन अधिकृतको कार्यालयले वडागतरूपमा गणना गर्न नसकिने बताएपछि विवाद भएको हो ।

 

बिहान ८ बजे बसेको बैठक बिनानिष्कर्ष टुङ्गिएको थियो । अहिले पुनः सर्वदलीय बैठक बसेर विवाद समाधान गर्ने प्रयास भइरहको छ ।

 

पालिकाको उपाध्यक्ष पदमा नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कडा प्रतिस्पर्धा देखिएको छ । खार्पुनाथमा ८५ प्रतिशत मत खसेको छ ।

 

यसैबीच नेकपा र काङ्ग्रेसबीच विवाद भएको छ ।

 

खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा नेकपा र काङ्ग्रेस कार्यकर्ताबीच ढुङ्गामुढा भएको छ ।

 

 

शनिबार उपनिर्वाचनमा मतदान गरिसकेका स्थानीयवासीले आइतबार बिहान नेकपाका नेता तिजबहादुर शाहीको घरमा ढुङ्गामुढा गरेपछि विवाद भएको नेकपाका गाउँ कमिटी अध्यक्ष प्रकाश शाहीले जानकारी दिए ।

 

अहिले दुवै पक्षबीच भएको विवाद सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version