काठमाडौँ: सरकारले चिकित्सा शिक्षासम्बन्धि न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई आयोगको सिफारिस बमोजिम कारवाही प्रक्रिया दुई महिनाभित्र सुरु गर्ने डा. केसीसंग सहमति गरेको छ ।
आमरण अनशनका क्रममा केसीले मेदिला कलेजको सम्बन्धन र सिट निर्धारणमा भएको अनियमिततामा दोषी ठहरिएकालाई कारवाही गर्नुपर्ने चौथो बुंदामा माग राखेका थिए ।
आयोगले छानबिन क्रममा विभिन्न अभिलेखको अध्ययन, स्थलगत निरीक्षण, छलफल, अन्तर्रक्रियार सम्बन्धित क्षेत्रका विज्ञको परामर्श लिएको थियो ।
मेडिकल शिक्षामा विभिन्न अनियमितता भएको भन्दै विसंगतीविरुद्ध अनशन बसेका केसीसंग गरेको सम्झौता अनुसार सरकारले २०७४ बैशाख ४ गते राजपत्रमा सूचना निकाली चिकित्सा शिक्षासम्बन्धि जाँचबुझ आयोग गठन गरेको थियो ।
बिशेष अदालतका पूर्वअध्यक्ष गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा स्वर्गीय डा उपेन्द्र देवकोटा सदस्य थिए भने शिक्षा मन्त्रालयकै सहसचिव सूर्यमणी गौतम सदस्य सचिव थिए । यो समाचार आजको (शनिबार) कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले पृष्ठ २ मा लेखेका छन् ।

कारवाहीका लागि सिफारिसमा परेका ४२ जनाको नामावली यसप्रकार छन् –