काठमाडौं : १३ औं दक्षिण एसियाली (साग) पुरुष टि ट्वान्टी क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले श्रीलंका विरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।

टियु क्रिकेट मैदानमा उपाधिको प्रमुख दाबेदार श्रीलंकालाई हराउन सके नेपालको फाइनल यात्रा सहज हुने छ ।

नेपालको टोलीमा आजको खेलमा राशिद खान, रोहित कुमार पौडेल, सन्दीप जोरा र कुशल भुर्तेल प्लेइङ ११ मा छैनन् ।

ओपनिङका लागिपुर्व कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल तयार आएका छन । नेपालले तीन तीब्र गतिका बलर र २ स्पिनर खेलाएको छ ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सोमपाल कामी, करण केसी , दीपेन्द्र सिंह ऐरी, सुसन भारी, ललित नारायाण राजवंशी, विनोद भण्डारी, पवन सरार्फ, अभिनास बोहोरा, आरिफ शेखले खेल्नेछन ।

त्यस्तै श्रीलंकाको टिममा कप्तान चारिथा निसालंका, कामिन्दु मेन्डिस, निसान मदुसंका, आशिन बन्दरा, जेहान डानियल, काभिष्का अन्जुला, दिभान्दु तिलकरत्ने असिता फ्रनान्डो र सचिन्दु कोलाम्बाजे रहेका छन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version