आकाठमाडौं : १३ औं साग अन्तर्गत उसुको थाउलोतर्फ थानछ्वानको महिलातर्फ सुस्मिता तामाङले स्वर्ण पदक जितेकी हुन् ।

नेपाली सेनाको कभर्ड हलमा भएको प्रतिस्पर्धामा सुस्मिताले ९.४४ अंक जोड्दै पहिलो स्थान प्राप्त गरेकी हुन् ।

यो स्पर्धामा श्रीलंकी खेलाडीले रजत र बंगलादेशी खेलाडीले कास्य पदक जितिन् । श्रीलंकाकी खेलाडीले ८.८५ र बंगलादेशकी खेलाडीले ७.७३ स्कोर गरेकी थिइन्।

त्यसअघि विजय सिन्जालीले पुरुष थाउलुतर्फ थानछ्वानमा स्वर्ण पदक जितेका छन् । विजयले ९.४८ अंक प्राप्त गर्दै स्वर्ण पदक प्राप्त गरेका हुन् ।

यसैबीच कराँतेमा पनि आज अर्को स्वर्ण पदक थप भएको छ ।

नविन रसाइलीले ६७ केजीमा स्वर्ण पदक जितेका छन्।

मंगलबार सातदोबाटोस्थित कराते हलमा भएको खेलमा नविनले पाकिस्तानका अहमेद नासिरलाई ८–६ अंकले पराजित गर्दै स्वर्ण जितेका हुन्।

 

यसअघि नविनले बंगलादेशका महम्मद फर्दुसलाई ८–२ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए। पाकिस्तान अहमेद नासिरले भने श्रीलंकाका फ्रान्सिकु सिल्भालाई ७–३ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए।

राजिवलाई कास्य बंगलादेशका महम्मद अलामिनले ६० केजी तौल समूह मुनिमा स्वर्ण पदक जिते।

उनले इकबर जफारलाई ७–३ ले पराजित गरे। यो तौल समूहमा नेपालका राजिव पुडासैनी बंगलादेशका अलामिनसँग ७–५ ले पराजित हुँदै कास्यमा सीमित भए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version