काठमाडौं: पश्चिम सेती आयोजना बनाउने भनेर काममा आलटाल गरिरहेको चिनियाँ कम्पनी ‘चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन’लाई सरकारले अन्तिम मौका दिने भएको छ ।

२०६८ सालमा सम्झौता गरे पनि चिनियाँ कम्पनीले विभिन्न शर्त राख्दै अझसम्म आयोजना निर्माणको सुरसार गरेको छैन । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा समाचार छापिएको छ ।

थ्री गर्जेजले आयोजना निर्माणका लागि चासो नदेखाएपछि लगानी बोर्डले अन्तिमपटक वार्ता गर्ने तयारी गरेको छ । ‘वार्ताका लागि उच्च तहका अधिकारी सम्मिलित टोली पठाउन पत्र लेखेका छौँ’ बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले भने, ‘वार्ता गरी अन्योल चिर्न चाहन्छौँ।’

७५० मेगावाटको आयोजना निर्माणका लागि बोर्डले थ्री गर्जेजसँग समन्वय गरिरहेको छ । बोर्डले ५०० मेगावाट भन्दा बढीका आयोजना निर्माणमा सहजीकरण गरिरहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version