वीरगञ्ज : विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढिमाई नगरपालिकाको बरियारपुरमा रहेको ऐतिहासिक, धार्मिक तथा प्राचीन गढिमाई मन्दिरमा मङ्गलबार विधिवत्रूपमा बलि प्रथाको शुरुआत भएको छ ।

 

 

बाराको सिमरा गाउँबाट आएका दुखा धामीले आफ्नो जिब्रो, आखाँमुनिको तल्लो परेली, छाती, पाखुरा र तिघ्राबाट पाँच थोपा रगत झिकेर गढिमाईलाई चढाएपछि विधिवत्रूपमा मङ्गलबारदेखि बलि प्रथा शुरु भएको मन्दिरका एघारौँ पुस्ताका पुजारी मङ्गल चौधरीले बताए ।

 

 

पञ्चबलिका रूपमा बलि दिइने दुर्लभ मानिएका सेतो जङ्गली मुसा बलि दिइने दिन सो क्षेत्रमा सहजै उपलब्ध हुनु, मेलाको समयमा बत्ती स्वप्रज्वल हुनु, बलिको रगत र मासुमा झिँगा नबस्नु, बलिको मासु खाँदा कुनै किसिमको रोग नलाग्नु, मेलामा कसैलाई चोटपटक नलाग्नु यस मेलाको मुख्य विशेषता रहेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version