काठमाडौँ: तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । गोर्कणस्थित शहीद पार्कमा आज भएको डाउनहिलको पुरुषतर्फ राजेश मगर र महिलामा निश्मा श्रेष्ठले नेपाललाइ स्वर्ण दिलाएका हुन् ।

 

सोही स्पर्धामा पुरुषतर्फ नेपालका निरभ श्रेष्ठले रजत पदक जित्नुभयो भने महिलातर्फ नेपालकी जमुना थापाले रजतपदक हात पारे । दक्षिण एशियाली खेलकूदको साइक्लिङमा नेपालले पहिलोपटक स्वर्ण पदक जितेको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version