काठमाडौँ: कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवन रामपुरका प्राध्यापकहरुले निजी कलेजलाई सम्बन्धन दिने विश्वविद्यालय कार्यकारी परिषद्को निर्णय खारेजीको माग गर्दै आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् ।

विश्वविद्यालय सभाले १० आंगिक कलेजको स्थापना गर्ने निर्णय पारित गरेपनि हालसम्म जम्मा चार वटामात्र आंगिक कलेज स्थापना भएको अवस्थामा विश्वविद्यालय स्थापनाको उद्देश्यको मर्मविपरित निजी कलेजलाई सम्बन्धन दिने प्रक्रिया अगाडि बढाइएको भन्दै सम्बन्धन खारेजीको माग गरिएको प्रतिनिधिमण्डलका सदस्य होमनाथ गिरीले बताए ।

ज्ञापनपत्रमा अन्य विश्वविद्यालयले समेत कृषि विज्ञान विषयमा निजी सम्बन्धनको प्रक्रिया अगाडि बढाएको हुँदा देशमा कृषि जनशक्तिको गुणस्तर ह्रास एवं माग र आपूर्तिमा असन्तुलन हुने भएकाले कृषि जनशक्तिको मागको प्रक्षेपण नगरी सम्पूर्ण विश्वविश्द्यालयको सम्बन्धनको प्रक्रिया रोक्न माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले विश्वविद्यालयको सम्बन्धनका सम्बन्धमा देखिएको समस्या राष्ट्रिय नीति बनाएर समाधान गरिने बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version