कास्की ः कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटालाई आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा कुनै रहेन, यसले नयाँ इतिहास समेत रचना ग¥यो ।

नेपालमा जारी १३ औँ दक्षिण एशियाली खेलकूद९साग०मा ट्रायथोलनअन्तर्गतको पोखरामा सम्पन्न डुआथोलन विधाको पुरुषतर्फको स्पर्धामा स्वर्ण पदक हासिल गर्दा नेपाललाई पहिलो पटक डुआथोलनमा स्वर्ण पदकसमेत प्राप्त भयो ।

भारतमा सम्पन्न १२औँ संस्करणदेखि सागमा ट्रायथोलन खेल समावेश भएको थियो । सो प्रतियोगितामा नेपालले कास्य पदकमा चित्त बुझाउनुपरेको थियो ।

घरेलु मैदानमा भएको प्रतियोगितामा ट्रायथोलनमा महिलातर्फ सोनी गुरुङ र पुरुषतर्फ टमाटा स्वर्ण पदकमा हासिल गर्न सफल भए ।

अन्तरराष्ट्रिय प्रतियोगितामा स्वर्ण चुम्ने टमाटाको सपना यस पटक साकार भयो।

उनले दुई वर्षअघि नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितमा स्वर्ण पदकको सपना देख्न शुरु गरेका थिए ।

नेपाली सेनामा सेवारत टमाटाका लागि आठौँ राष्ट्रिय खेलकूद जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । राष्ट्रिय खेलकूदमा उनले डुआथोलन र माउन्टेन बाइकक्रस कन्ट्री दुवै खेलमा सहभागिता जनाए ।

एक दिनको अन्तरमा भएका दुवै प्रतियोगितामा उनले राम्रो गर्न सकेनन । सागमा डुआथोलनमा रजत पदक विजेता लक्ष्मण मल्लले उनलाई पराजित गरेका थिए ।

राष्ट्रिय खेलकूद प्रतियोगिता सम्पन्नलगत्तै टमाटा डुआथोलनमा मात्र केन्द्रित हुने निर्णयमा पुगे । उनी सागमा स्वर्ण जित्ने लक्ष्यसहित हरेक दिन अभ्यासमा व्यस्त हुन थालेका थिए ।

दौड र साइक्लिङमा उनीको क्षमतालाई चिनेका प्रशिक्षकले समेत त्यसैतर्फ उनलाई प्रेरित गरिरहे । “राष्ट्रिय खेलकूदपछि एउटा मात्र खेलमा केन्द्रित भएर राम्रो गर्नुपर्छ भन्ने मलाई लाग्यो ।
त्यस बेलादेखि नै डुआथोलनमा स्वर्ण हासिल गर्छु भन्ने विश्वासले दिनहुँ अभ्यास गर्न थालेँ”, टमाटा भन्छन ।

सागमा स्वर्ण हासिल गरेलगत्तै उनले हरेक चार वर्षमा आयोजना हुने एयिशाली खेलकूद (एशियाड)मा पदक जित्ने सपना देख्न शुरु गरिसकेका छन ।

चीनमा सन् २०२२ मा तय भएको एशियाड प्रतियोगितामा पदक जितेर कीर्तिमान राख्ने उनको धोको छ । टमाटा भन्छन, “ कठिन अवस्थामा समेत म कहिल्यै हतास र निराश हुन्न । मानिसले लक्ष्य ठूलो राख्नुपर्छ । लक्ष्यअनुसारको मेहनत र परिश्रम ग¥यो भने असम्भव केही पनि छैन । अब देशलाई एशियन गेममा पदक हासिल गराउने अब मेरो सपना छ ।”

सागको तयारीका क्रममा समेत धेरै चुनौती उनले सामना गर्नुपरेको थियो । उनलाई अभ्यासका क्रममा नयाँ साइकल आउने भनिएको थियो । प्रतियोगिताको दिनसम्म पनि नयाँ साइकल आएन । राम्रो पार्टपुर्जा र गुणस्तरीय साइकल भएका अन्य स्पर्धीसँग उनी सन् २०१४ मोडलको पुरानै साइकल लिएर स्पर्धामा होमिन विवश भएका थिए । त्यतिमात्र होइन खेलमा लगाउने पोशाकसमेत उनले समयै पाएनन । प्रतियोगिताको एकदुई दिनअघि आएको पोशाक उनको शरीरमा मिलेन ।

“साथीको मागेर खेलमा भाग लिएँ । हाम्रो साइकल पाँचछ वर्ष पुरानो आल्मुनियमको हो । कार्बनको राम्रो साइकल भएकाहरुसँग स्पर्धा गर्न कठिन भए पनि आत्मबलकै कारणले जित हासिल भयो”, उनी भन्छन ।

उनी १४÷१५ वर्षका उमेरदेखि नै खेलकूदमा आकर्षित हुँदै आएका थिए । दौड र कराँतेमा उनको विशेष लगाव थियो । विभिन्न जिल्ला तथा क्षेत्रीय प्रतियोगितामा पाँच र १० किमी दौडमा उनले भाग लिन्थे ।

नेपाली सेनामा भर्ती भएपछि उनलाई खेल्ने वातावरण अझै अनुकूल बन्यो । नेपाली सेनाका मेजर राजीव चन्दले उनलाई अघि बढ्न सधैँ प्रेरित गरिरहे ।

शुरुमा साइकल राम्रोसँग डोहो¥याउनसमेत नजान्ने उनलाई चन्दले नै साइकल चलाउन सिकाएका थिए ।

“मैले जुन सफलता पाएको छु, त्यसमा मेजर राजीव चन्दको ठूलो योगदान छ । उहाँले नै मलाई अघि बढ्न सहयोग गर्नुभयो । खुट्टा समातेर मलाई साइकल चलाउन सिकाउनुभयो,” उनी भन्छन ।

आफू एशियाडको तयारीमा जुट्ने जानकारी दिँदै उनी सरकारले खेलाडीलाई सहयोग गर्न माग गर्छन ।

नेपाली टोलीका प्रमुख प्रशिक्षक युवराज सुनुवार टमाटा क्षमतावान् खेलाडी भएको बताउँछन ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version