काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि पूर्ण स्वास्थ्यलाभ गरेर त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट आज प्रधानमन्त्री निवास बालुवाटार फिर्ता भएका छन् ।

उनि यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रियाका निम्ति सेन्टर भर्ना भएका थिए ।

“सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आज अपराह्न उक्त सेन्टरबाट डिस्चार्ज भए ”, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।

प्रधानमन्त्री ओलीको उपचारमा उनका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाह, वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा अरुण सायमी, प्रत्यारोपण
विशेषज्ञ प्रा डा रमेशसिंह भण्डारी, केन्द्रका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठलगायतको चिकित्सकको समूह संलग्न थियो ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सेन्टरमा जानुभई आजै प्रधानमन्त्री ओलीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिएकी थिइन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version