एजेन्सी : भारतको हैदरावादमा पशु चिकित्सक पोतुला प्रियंका रेड्डीको बलात्कारपछि हत्या काण्डमा पक्राउ परेका चार अभियुक्त आज शुक्रबार बिहान प्रहरीको इन्काउन्टरमा मारिएका छन ।

 

 

गत हप्ता ती महिलालाई बलात्कारपछि जलाएर मारेको अभियोगमा पक्राउ परेका चार अभियुक्तलाई प्रहरीले गोली हानेको हो।

 

शुक्रबार बिहान ३ बजे ती महिलाको शव भेटिएको स्थानमा अनुसन्धानका लागि प्रहरीले ती चार अभियुक्तलाई लिएर गएको थियो त्यस क्रममा अभियुक्तले प्रहरीलाई आक्रमण गरे भाग्न खोजेपछि प्रहरीले गोली चलाएको बीबीसीले उल्लेख गरेको छ।

 

यसअघि हैदरावादको शादनगरकी २६ वर्षीया पशु चिकित्सक रेड्डी गत साताको बुधबार अस्पतालबाट घर फर्किँदै थिइन्। उनी जाँदै गरेकी स्कुटरको टायर पन्चरभएपछि बहिनीसंग फोनमा कुराकानी गर्दागर्दै बेपत्ता भएकी उनी बिहीबार बिहान शादनगरको चतनपल्ली गाउँस्थित ह्युम पाइपभित्र उनको शव भेटिएको थियो ।

 

प्रहरीको अनुसन्धानका अनुसार त्यहाँ जलेको अवस्थामा प्रियंकाको शव भेटीएको हो।

प्रियंका हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version