विराटनगर: “चोरको हजार दाउ” भने जस्तै विराटनगरमा एक जनालाई सुनको सिक्री निलेर चोरी गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार मोरङको विराटनगरस्थित एक सुन पसलबाट प्रहरीले शुक्रबार साँझ सुनको सिक्री निल्ने एक जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–९ स्थित अरुणकुमार राठीले सञ्चालन गरेको राठी सुन पसलमा सिक्री किन्ने बहाना बनाई सुन किन्न आएका इटहरी उपमहानगरपालिका–२ बस्ने ३१ वर्षीय सुरजकुमार नेपालले पसलमा गएर सुनको सिक्री खरीद गर्ने भन्दै ऐना हेरी गलामा लगाउने बहानामा सिक्री निलेर पाइन्टको गोजीमा आफूसँग भएको नक्कली सुन निकालेर पसलमा फिर्ता गरेको अवस्थामा पक्राउ गरिएको हो ।

निज नेपालले सिक्री मन नपरेको बताउँदै सिक्री फिर्ता गरेका थिए । पसलेलाई शंका लागी प्रहरीमा खबर गरेपछि वडा प्रहरी कार्यालय ‘ख’ विराटनगरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको नियन्त्रणमा रहेका नेपालको शरीर खानतलासी गर्ने क्रममा सिक्री फेला नपरेपछि निलेको हुनसक्ने अनुमान गर्दै भिडियो एक्सरे गरिएको अवस्थामा पेटभित्र सिक्री देखा परेको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version