कैलाली: लगानी सम्मेलनको तयारीमा रहेको सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा वित्तीय पहुँच पु¥याउन पहिलो पटक आयोजना गरेको वित्तीय सम्मेलनले सात बुँदे धनगढी घोषणापत्र जारी गरेको छ ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले सम्मेलनमा आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाको भूमिका, बीमा सहकारी तथा पूँजी बजारको प्रभावकारितालगायत विषयमा प्रस्तुति र छलफल भएको जनाउँदै प्रदेशका जनतामा वित्तीय पहुँच बढाउन पहल गरिएको बताए ।
‘सुदूरपश्चिम वित्तीय सम्मेलन २०७६’ सम्पन्नपछि चालू आर्थिक वर्षमै लगानी सम्मेलन गर्ने प्रदेश सरकारको योजना छ । ‘वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिवद्धता’, भन्ने नारा लिइएको सम्मेलनको समापनपछि आज आर्थिक मामिला तथा योजनाद्वारा जारी विज्ञप्तिमा प्रदेशभर बीमाको पहुँच पु¥याउन प्रदेश सरकार र नेपाल बीमक सङ्घ तथा जीवन बीमक सङ्घबीच आठ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरिएको जनाइएको छ ।

सम्मेलनकै अवसरमा वित्तीय पहुँच बढाउन राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, नेपाल लघुवित्त वित्त बैंकर्स सङ्घ, गोर्खाज फाइनान्स लि., एनआरएन लघुवित्त वित्तीय संस्था लि र कालिका लघुवित्त वित्तीय संस्था तथा नवजीवन सहकारी संस्थासँग १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गरिएको छ ।

नेपाल सरकार बीमा समिति बीमा कम्पनी र स्थानीय तहको सहकार्यमा आगामी पाँच वर्षमा ४० प्रतिशत बासिन्दालाई बीमा पहुँचको दायरामा आवद्ध गराउने, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्था र स्थानीय तहको सहकार्यमा ८० प्रतिशत बासिन्दालाई बैंकिङ पहुँचको दायरामा समेट्ने र वित्तीय पहुँचका लागि ‘हेल्प डेस्क’ स्थापना गरिने घोषणासमेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version