काठमाडौं : भोली बोलाइएको सचिवालय बैठकको एजेण्डा तय गर्न आज विहानदेखि नेकपाका नेताहरु छलफलमा जुटेका छन ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोली सोमबार सचिवालय बैठक डाकेका छन ।
सचिवालय बैठकको तयारी गर्नका लागि बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेल प्रचण्डनिवास खुमलटार पुगेका छन ।
नेता देवेन्द्र पौडेलका अनुसार सोमबारको सचिवालय बैठकको एजेण्डामाथि नेताहरूबीच सामान्य छलफल भएको थियो।
नेकपाका विभिन्न विभागहरूमा सदस्य नियुक्तिबारे पनि छलफल भएको उनले बताए।
उनका अनुसार विभागका सदस्य नियुक्तीबारे अध्यक्ष र महासचिवबीच बृहत रुपमा छलफल भएको छ ।
भोली हुने बैठकले स्थायी समिति बैठक, केन्द्रीय समिति बैठक डाक्नेबारे निर्णय गर्ने समेत उनले बताए ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी९नेकपा०को स्थायी समिति बैठक झन्डै एक वर्ष यतादेखि बसेको छैन। नेकपाको अन्तरिम विधानमा तीन(तीन महिनामा स्थायी समितिको बैठक बस्नु पर्ने प्रावधान छ।
