पोखरा ः १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तरगत महिला टि–२० क्रिकेटको उपाधि बंगलादेश जितेको छ ।

पोखराको मैदानमा भएको फाइनल खेलमा श्रीलंकालाई हराउँदै बंगलादेशले २ रनकोे जित निकालेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रनमा समेटिएको थियो ।

बंगलादेशका लागि निगर सुल्तानाले २८ बलमा सर्वाधिक २९ रन बनाइन् । श्रीलंकाकी बलर उमेशा थिमासिनीले एक्लै चार विकेट लिइन् ।

९२ रनको लक्ष्य पछ्याउन आएको श्रीलंकालाई अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको थियो ।

हातमा दुई विकेट मात्र थिए । तर, बंगलादेशले ४ रन मात्र जोड्न सक्यो । अन्तिमका दुवै ब्याट्सउमन रन आउट भए । श्रीलंका ८९ रनमा अलआउट भयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version