बाँके: स्कुले छात्रालाई ट्रकको ठक्कर दिएपछि उत्पन्न तनावका बिच जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यू आदेश जारी गरेको छ।

स्कुले छात्रालाई ठक्कर दिने ट्रकमा आगजनी गर्ने भीडलाई नियन्त्रणमा लिन खोज्दा उत्पन्न तनावपूर्ण अवस्थाका बारेमा केहीबेरअघि बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा कफ्र्यू लगाउने निर्णय गरेको छ ।

 

आज दिउँसो तीन बजेदेखि कर्फ्यू लगाउने निर्णय भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए।

उनका अनुसार ट्रकको ठक्करबाट घाइते छात्रालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।

आज विहान कोहलपुरस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने प्रगती चन्दलाई ना २ ख ९४५९ नम्बर ट्रकले विद्यालयकै अगाडि ठक्कर दिएको थियो।

आफ्नी साथीलाई ट्रकले किचेको देखेका विद्यार्थी आक्रोशित भएपछि उक्त ट्रकका चालकलाई लखेटे भने सवारीमाथी पनि आगो लगाएका थिए ।

 

त्यही क्रममा घटनास्थल पुगेको प्रहरीले तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन खोज्दा दुई पक्षबीच भिडन्त भयो ।

प्रहरीले विद्यार्थीमाथि नै आक्रमण गरेको प्रत्यक्षदर्शीले बताए ।

प्रहरीको विद्यालयको क्यान्टिनमा आगजनी गरे। त्यसक्रममा प्रहरीले झन्डै दुई दर्जन पटक हवाई फायर गर्‍यो। त्यतिकै संख्यामा अश्रुग्यास पनि प्रहार गरेको थियो । त्यसबाट ३ विद्यार्थीलाई रवरको गोली लाग्यो।

प्रहरी र विद्यार्थी बीचको झडपमा परेर थप दुई बालक पनि घाइते भएका छन्। सडकमा घाइते अवस्थामा फेला परेका विशाल खड्का र भूमिसरा डाँगीलाई रेडक्रसले अस्पताल पुर्‍याएको छ।

झडपमा परी इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाहीसहित थप सात जना प्रहरी पनि घाइते भएका छन्।

उनीहरू सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version