काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज सचिवालय बैठक बस्दै छ ।

पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि उनले सचिवालय बैठक बोलाएका हुन ।

आज अपराह्न करीब १ बजे नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री ओली भने सहभागी हुने छैनन् ।

 

स्वास्थ्यका कारण धेरै दौडधूप गर्न नमिल्ने चिकित्सकको सल्लाहपछि ओलीसंगको परामर्शमा अध्यक्ष प्रचण्डले बैठक बोलाएको एक नेताले बताएका छन ।

कार्यकारी अधिकारसहितको अध्यक्ष भएपछि प्रचण्डले पहिलो बैठक पनि धुम्बाराहीमै राखेका थिए । त्यसबेला ओली अस्पतालमै थिए ।

 

नेकपा स्रोतका अनुसार, बैठकको अध्यक्षता गरे पनि प्रचण्डले एजेण्डाहरु ओलीलाई जानकारी गराएका छन् । प्रचण्डले पार्टी एकीकरणका बाँकी काम टुंग्याउँदै जनपरिचालनसहितको पाँचमहिने कार्ययोजनासमेत तयार पारेका छन् । यसबारेमा पनि उनले ओलीसहित मुख्य नेताहरुसँग छलफल गरेका छन् ।

 

 

हिजो सोमबारको बैठमा उपनिर्वाचनको समीक्षात्मक रिपोर्टमाथि छलफल हुने एजेण्डा तय भएको थियो । साथै विभिन्न विभागका सदस्यहरुको चयन पनि गर्ने एजेण्डा रहेको एक नेताले बताए ।

सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउनेबारेमा पनि छलफल गर्नेछ । वामदेव गौतमलाई उपाध्यक्ष बनाउने सचिवालयको प्रस्ताव स्थायी कमिटी बैठक नबसेका कारण कार्यान्वयन भएको छैन ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version