कोहलपुर : बाँकेस्थित कोहलपुर नगरपालिका–११ की १२ वर्षीया प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि घटनाको विरोध स्वरुप आज सोमबार कोहलपुरका सबै विद्यालय बन्द छन् ।

 

प्रहरी र विद्यार्थी बीच झडप हुँदा हिजो ४० भन्दा बढी घाइते भएपछि प्रशासनले कर्फ्यू नै लगाउनुपरेको थियो । अहिले भने अवस्था सामान्य रहेको छ ।

 

यद्यपि जिल्ला प्रशासन कार्यालय बाँकेले आक्रोशित समूहबाट विरोध प्रदर्शन हुने आशंका गर्दै त्यहाँ निषेधित क्षेत्र कायमै राखेको छ । तथापि फेरि पनि प्रदर्शन भए कर्फ्यू लाग्न सक्ने बताइएको छ ।

 

कोहलपुरका विद्यालयहरुले संयुक्त विज्ञप्ती जारी गर्दै आज सोमबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । श्री त्रिभुवन नमुना माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने प्रकृतिको अहिले काठमाडौंको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version