काठमाडौँ: १३औँ दक्षिण एशियाली खेलकूद (साग) को समापन समारोह तथा फुटबल फाईनल गेम हेर्न आउने सबै टिकट काटेका सर्वसाधारणका लागि रंगशाला प्रवेश गर्दा नेपालि सेनाको अफिसर्स क्लबको उत्तरपट्टिको प्रवेशद्वारबाट प्रवेश गर्न आनुरोध गरेको छ।
साग खेलकुदको भोलि मंगलबार समापन पनि हुँदै छ र नेपाल र भुटानबीच हुने साग फुटबलको फाइनल खेल पनि दसरथ रंगशालामै हुँदै छ।
फुटबल मंगलबार अपरान्ह ३ बजेदेखि शुरु हुने छ भने खेल शुरु हुनु भन्दा आदि घण्टा अघिनै सबै ढोकाहरु बन्द हुने पनि जनाइएको छ।
साथै ट्राफिक प्रहरीले आफ्नो सवारी साधनलाई काठमाडौँ मल अगाडीको टुँडिखेलमा मात्र पार्किङ्ग गरिदिन अनुरोध गरेको छ ।
भोलिनै ट्राफिक प्रहरीले उपत्यका जोर नम्बरका गाडीहरु मात्रै चलाउन दिने जनाएको छ भने रंगशाला भएर गुड्ने गाडीहरु त्यतातिर त्यस दिन नगुडाउन पनि अनरोध गरेको छ।
