काठमाडौँ: १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत सम्बोधन गर्ने भएका छन् ।

आज दशरथ रंगशालामा हुने समापन समारोहलाई प्रधानमन्त्री ओलीले नेपाली र अंग्रेजी भाषामा सम्बोधन गर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले जानकारी दिए । प्रधानमन्त्री ओलीले १३ औं सागको उद्घाटन समारोह अस्पतालमा बसेर टिभीमार्फत हेरेका थिए ।

सिलवालका अनुसार प्रधानमन्त्रीले बुधबार खेलाडीको नाममा सम्बोधन गर्दै विशेष प्याकेज घोषणा गर्नेछन् । उक्त प्याकेज खेलाडीका लागि हालसम्मकै ठूलो प्याकेज हुने सिलवालले बताए ।

समापन समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा र सदस्य सचिव सिलवालले समापन समारोहमा सम्बोधन गर्नेछन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version