बैतडी: पाटन नगरपालिकाले वडा कार्यालय भवन निर्माणमा प्राथमिकता दिएको छ । भवन नभएका र पुराना जीर्ण भवन भएका वडा कार्यालयका भवन निर्माणमा प्राथमिकता दिएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए । दश वडा रहेको नगरपालिकाका तीन वटा वडाका नयाँ भवन निर्माण सम्पन्न भएको र चालू आवमा थप तीन वडाका भवन निर्माण गर्न बजेट विनियोजन भएको छ ।

 

नगरप्रवक्ता लोकबहादुर भण्डारीका अनुसार रु ४०÷४० लाखको लागतमा वडा कार्यालयका भवन निर्माण सम्पन्न भएका हुन् । उनले भने, “वडा नं ३, ७ र ९ का वडा कार्यालय भवन निर्माण भएर सेवा सञ्चालनमा आइसकेका छन् ।”

 

वडा कार्यालयको भवन निर्माण भएपछि दैनिक कामकाज गर्न सजिलो भएको वडाध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिए । नगरपालिकाले चालू आवमा ४, ५ र १० वडा कार्यालयका नयाँ भवन निर्माण गर्न बजेट विनियोजन भएको छ । नगरप्रमुख चन्दले भने, “नगरपालिकाले वडा कार्यालयबाट प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन वडा भवन निर्माणमा प्राथमिकता दिएको हो ।”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version