काठमाडौं : १३ औँ सागको पुरुष फुटबलको फाइनलको टिकट किन्ने दर्शक प्रहरीबाट कुटिएका छन्।

आज मंगलबार १३ औँ सागको पुरुष फुटबलको फाइलन हेर्नका लागि टिकट लिन पुगेका दर्शक रंगशालाबाहिरै प्रहरीबाट कुटिएका हुन्।

नेपाल र भुटानबीच हुने पुरुष फुटबलको फाइनल हेर्न बिहानैदेखि दर्शकहरु दशरथ रंगशाला बाहिर पुगेका थिए।

टिकटका लागि उनीहरु बिहानै रंगशाला पुगेका हुन्। यसअघि नै आयोजकले टिकट सकिएको बताएको थियो।

टिकट लिन जानेको भीड बढ्दै गएपछि प्रहरीले उनीहरुलाई हट्न पटक पटक आग्रह गरेको र नहटेपछि लाठी प्रहार गरेको एक प्रत्यक्षदर्शीले बताए।

 

प्रहरीले केही व्यक्तिलाई घेरा हालेर लात्तीले समेत कुटेको थियो। प्रहरीबाट भएको दमनको फोटो खिचिरहेका नागरिक दैनिकका पत्रकार सुमन चापागाईलाई प्रहरीले दुव्र्यवहार समेत गरेको छ।

यता प्रहरीले भने टिकट सकिएपछि आएका दर्शकको भिडलाई प्रहरीले हटाएको बताएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसपी उत्तमराज सुवेदीले प्रहरीले भिड मात्रै हटाएको दावी गरे। प्रहरीले कुनै बल प्रयोग नगरेको उनको दाबी छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version