काठमाडौं : सामान्य रुपमा मौसम परिवर्तनले होस् या तातो चिसो खानेकुरा नमिलेर होस् प्राय मान्छे रुघा खोकीको सिकार हुने गरेका छन् ।

 

हरेक मौसममा रुघाखोकीले हरेक उमेर समूहका मानिसहरुलाई सताउने गर्दछ तर पनि धेरै जसोलाई यसले जाडो महिनामा सताउने गर्छ ।

 

 

रुघा लाग्नुको प्रमुख कारण भनेको ‘rhino virus ‘ नै हो । अरु दुई सयभन्दा बढी प्रकारका भाइरसबाट पनि यो रोग लग्न सक्छ । रुघाखोकी लाई प्राय सामान्य रोगमा नै गनिने गर्दछ तर सामान्य भन्दै हेल्चक्राई भने पक्कै गर्न हुन्न ।

 

लक्षणहरु :

घाटी खस्खसाउने, दुख्ने, शरीर गल्ने, नाखबाट पातलो सिंगान बग्ने, खोकी लाग्ने, ज्वरो आउने जस्ता यसका लक्षणहरु हुन् ।

 

रुघाखोकी सरुवा रोग हो । संक्रमण भएको व्यक्तिको नजिक विना कुनै सावधानी नअपनाई बसेमा, घर बाहिर हिड्दा नाक मुख नछोपी हिड्ने, हात राम्रोसंग नधोई खाने बानी, फलफुल खानु अगाडी राम्रोसंग नपखाल्ने, सार्वजनिक स्थानको डन्डी वा अरु केई छुएपछि साबुन पनिले हात नधुने आदि जस्ता हाम्रै दैनिक आचरणका कारण पनि रुघाखोकी लाग्ने गर्दछ ।

 

रुघाखोकी सामान्यतय निको हुन एक हप्ता लाग्ने गर्दछ तर बेला-बेला महिनौ दिन पनि लाग्न सक्छ निको हुन ।

 

रुघाखोकी निको पार्न के गर्ने :

घाटी खसखस हुन थाल्नु रुघाखोकीको पहिलो लक्षण हुन सक्छ तेसैले तेस्तो हुनासाथ् तातो पानी खान र नुन पानीले कुल्ला गर्न थाल्नु पर्दछ । तातो झोल पदार्थ सकेसम्म सेवन गर्नु उपयुक्त हुन्छ रुघाखोकी लाग्दा र सरिरलाई न्यानो बनाई राख्नु पर्दछ । आराम गर्न पनि तेतिकै आवस्यक हुन्छ । सरिरमा प्रतिरोधात्मक शक्ति बढाउँन भिटामिन ‘ C ‘ प्राप्त गर्न सक्ने फलफुल वा तरकारीहरुको सेवन गर्न पर्दछ जस्तै: कागती, सुन्तला, गोलभेडा, अमला, आदि ।

 

युवावर्गलाई भन्दा बढी रुघाखोकीले बालबच्चा र वृद्दवृद्दालाई धेरै सताउने गरेको पाइन्छ किनकि उनीहरुको प्रतिरोधात्मक शक्ति युवाहरुको भन्दा कम हुने गर्दछ ।

 

रुघाखोकीको संक्रमणबाट कसरी जोगिने :

 

सफा र राम्रोसंग हात धुने बानी बसाले रुघाखोकीको संक्रमणबाट बच्न सहयोग पुराउछ ।

 

आँखा, नाक, र मुख तिर सकेसम्म हात धेरै नलग्ने किनकि हातमा कीटाणु भएको हुन सक्छ । डाक्टर सागर काफ्ले भन्छन, ‘एक सर्वेक्षण अनुसार एक घण्टामा युवावर्गले १६ चोटि अनुहारमा हात लग्ने गर्छन’ ।

 

रुघाखोकी लागेको व्यक्तिबाट सकेसम्म टाढानै बस्नु पर्छ आफुलाई संक्रमणबाट बचाउन ।

 

धुम्रपान गर्ने व्यक्तिलाई रुघाखोकीको जिवाणुले चाँडै आक्रमण गर्छ, शरिरमा भएको प्रतिरोधात्मक शक्तिलाई धुम्रपानले घटाउने र कीटाणु संक्रमण बढाउने भएको हुदा धुम्रपान गर्ने बानी छ भने त्यसलाई त्याग्नु पर्छ ।

 

डाक्टरकोमा कहिले जाने :

१. सास फेर्न गारो हुन थाले
२. तिनदिन सम्म पनि केहि सुधार आएन भने
३. लगातार दुइ तीन हप्ता सम्मै खोकी निको नभएमा

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version