काठमाडौं: शिवम सिमेन्ट लिमिटेडले आइतबारबाट उद्योग प्रभावित मकवानपुरका बासिन्दाका लागि भन्दै प्राथमिक सेयर (आइपीओ) खुला गरेको छ।

शिवमले पहिलो चरणमा आजदेखि उद्योग प्रभावितलाई प्रतिकित्ता ३०० रुपैयाँको दरले ८ लाख ८० हजार कित्ता आइपीओ विक्री खुला गरेको हो ।

प्रतिकित्ता १०० सय रुपैयाँ फेस भ्यालुमा २ सय रुपैयाँ प्रिमियम थपेर उद्योग प्रभावित मकवानपुरबासीलाई आइपीओ बिक्रीमा ल्याएको हो । यो आइपीओमा भदौ ११ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

मकवानपुरका स्थानीयबासिन्दाले सी–आस्वाबाट पनि आवेदन दिन सक्नेछन् । तर उद्योग प्रभावित स्थानीयका लागि सी–आस्वा अनिवार्य भने गरिएको छैन । मकवानपुरको हेटौंडामा रहेका महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, सिद्धार्थ बैंक, ज्योति विकास बैंक, गरिमा विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक तथा ओम डेभलपमेन्ट बैंकबाट आवेदन आवेदन फारम भर्न सकिनेछ ।

नेपाल बंगलादेश बैंकको हेटौंडा र मकवानपुरगढी, सेन्चुरी बैंकको हात्तिमुडे, भिमफेदी, मनहरी, दामन, बज्रवाराही, हटिया,चौगढ, कामने र बस्तीपुरबाट पनि सेयर भर्न पाइनेछ । यसैगरी, बैंक अफ काठमान्डूको हेटौंडा र कुलेखानी शाखाबाट पनि आइपीओ भर्न सकिन्छ । यसैगरी, शिवमको फ्याक्ट्रि रहेको स्थान र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलबाट पनि सेयर भर्न मिल्ने व्यवस्था गरिएको छ ।

यसपछिको आइपिओ शिवमले फेरि सर्वसाधारणलाई प्रतिकित्ता ४०० रुपैयाँको दरले विक्री खुला गर्नेछ । सर्वसाधारणका लागि कम्पनीले ४४ लाख कित्ता आइपीओ जारी गर्नेछ । शिवमले जारी पुँजी ४ अर्ब ४० करोड रुपैयाँको २ प्रतिशत स्थानीयलाई र १० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version