काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिस गर्न मंगलबार अपराह्न टिचिङ्ग अस्पताल पुगेका छन् ।

 

१३औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोह हेरेलगत्तै उनी महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएका हुन् । ‘नियमित डायलासिसका लागि अस्पताल जानु भएको हो, ‘ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

 

प्रधानमन्त्री ओलीको १० मंसिरमा एपेन्डिसाइटिसको अप्रेशन गरिएको थियो । उनी १० दिन अस्पताल बसेर १९ मंसिरमा बालुवाटार फर्किएका थिए ।

 

प्रधानमन्त्री ओलीको करिजव १२ वर्ष पहिलो मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

 

पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि नियमित डायलासिस गर्न थालिएको छ । उनको मिर्गौला पुनः प्रत्यारोपणबारे पनि छलफल भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version