काठमाडौँ: सरकारी स्वामित्वको कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई ३० प्रतिशत लाभाङ्श दिने भएको छ । आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट बैंकले छ प्रतिशत शेयर लाभाङ्श र २४ प्रतिशत नगद लाभाङ्श दिने भएको हो ।

वितरणयोग्य मुनाफाबाट उक्त लाभाङ्श वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएका छ । नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएकाले उक्त लाभाङ्श वितरण गरिनेछ ।

सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा वार्षिक छ प्रतिशतले हुने नगद लाभाङ्श रकमसमेत प्रदान गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version