काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता नेपाली खेलाडी, तिनका प्रशिक्षक र पदाधिकारीहरुलाई भेट्दै छन ।
भेटघाटका लागि उनीहरुलाई प्रधानमन्त्री ओलीले आज बुधबार बालुवाटारस्थित निवासमा दिउँसो सवा २ बजे बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सो अवसरमा प्रधानमन्त्रीले खेलाडीहरुलाई बधाइ दिने प्रोत्साहनस्वरुप पुरस्कारसमेत घोषणा गर्ने तयारी रहेको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली अस्वस्थ भएका कारण सागको उदघाटन र समापन समारोहमा सहभागी हुन पाएका थिएनन् ।
उनले समापन समारोहको दिन हिजो मंगलबार भिडियो सन्देशमार्फत् खेलाडीहरुलाई बधाई दिएका थिए ।
नेपाल साग प्रतियोगितामा ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्दै दोस्रो भएको छ ।
