काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आइतबार संसदमा संबिधान विरोधी मुद्दा उठान गरेको छ।

संसदको नियमित बैठकमा कांग्रेसकी एक सांसदले संसदमा मृत्युदण्ड दिने कानून बनाउन माग गरेसंगै संविधान विरोध्ही धारणा राखेकी हुन् ।

नेपालको संविधानमा मृत्युदण्डको कानून बनाउन नपाइने उल्लेख छ । यसमा स्वयंम नेपाली काँग्रेस र अन्य दलहरुले पनि संबिधान बनाउने बेलाको सो को निर्णय गरेका थिए ।

प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले बलात्कारीलाई कारवाहीका लागि मृत्युदण्डको कानून आवश्यक भएको बताएकी हुन् ।

तर संविधानको धारा १६ को उपधारा २ मा कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानून बनाइने छैन भनेर उल्लेख गरिएको छ ।

‘७७ वर्षकी वृद्धादेखि साढे २ वर्षीया बालिका समेत बलात्कारको शिकार बनेका छन्,’ उनले भनिन्, ‘बलात्कारीलाई हदैसम्मको कारवाही गर्नुपर्छ । आज भारतमा पनि मृत्युदण्डको व्यवस्था छ, अमेरिकामा पनि मृत्युदण्डको व्यवस्था छ । कानून संशोधन गरेर, निर्माण गरेर मृत्युदण्डसम्मको कारवाही गर्नुपर्छ बलात्कारीलाई भन्ने जोडदार ढंगले माग गर्न चाहान्छु ।’

उनले कञ्चनपुरमा १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएकाले दोषीमाथि कडा कारवाही गर्न माग गरिन् । बलात्कार भएपछि जनता आन्दोलित भएको र जनतामाथि लाठी बर्साएको उनले आरोप लगाइन् ।

कांग्रेसकै भरत शाहले पनि बलात्कारका अपराधीलाई नेपालको कानूनले दिएको ठूलोभन्दा ठूलो कारवाहीको माग गरे । ‘भारतमा यस्ता केसमा मृत्युदण्डको प्रावधान छ । सरकारले अपराधीलाई कारवाही गर्न ढिलो नगरोस्,’ उनले भने ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version