काठमाडौं : एनएमबि बैंकले ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २१प्रतिशत बोनस सेयर र १४प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।
बैंकले २ अर्ब ४२ करोड १२ लाख ४५ हजार ७५९ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, १ अर्ब ६१ करोड ४१ लाख ६३ हजार ८३९ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । गत वर्ष एनएमबिले १०प्रतिशत बोनस सेयर र २०प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
Facebook Comments Box
