काठमाडौं : भूकम्पका कारण क्षतिग्रस्त नेपालमा ११ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासले इण्डियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (इन्ट्याक)सँग सम्झौता गरेको छ।

 

बिहीबार भएको उक्त सम्झौतापत्रमा भारत सरकारको तर्फबाट काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमार तथा इन्ट्याककी सदस्यसचिव डा. सीटी मिश्राले हस्ताक्षर गरेका थिए।

 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका वरिष्ठ अधिकारी तथा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी पनि कार्यक्रममा सहभागी थिए।

 

इन्ट्याकले काठमाडौं, ललितपुर, भक्तपर र सोलुखुम्बु गरी चार जिल्लाका ११ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गर्नेछ।

 

सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि नेपाल सरकारले तयार पारेको निर्देशिकाअनुरुप सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण तथा संरक्षणका लागि इन्ट्याकले नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पुरातत्व विभागसँग मिलेर काम गर्नेछ।

 

इन्ट्याकको भारतभर १ सय ९० भन्दा बढी शाखाहरु रहेका छन्। इन्ट्याक विश्वको सबैभन्दा ठूलो सांस्कृतिक सङ्गठनहरुमध्ये एक हो। सन् २००७ मा संयुक्त राष्ट्र संघ आर्थिक तथा सामाजिक परिषद्का लागि यसलाई विशेष परामर्शदातृको रुपमा लिइएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version