काठमाडौँ :नेपाली काँग्रेसले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंलार्ई कारबाहीको माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।
बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरी फर्किएका र अध्ययनरत नेपाली छात्राका सम्बन्धमा प्रसाईँले अपमानपूर्ण अभिव्यक्ति दिएको भन्दै काँग्रेसले आज प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्नका लागि संघीय संसद् सचिवालयमा सो प्रस्ताव दर्ता गराएको हो । काँग्रेसले झापास्थित बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक प्रसाईंले केही समयअघि बंगलादेशमा अध्ययनरत नेपाली छात्राका बारेमा दिएको अभिव्यक्तिले संविधान र कानूनको उल्लंघन भएको आरोप लगाएको छ ।
उनको अभिव्यक्तिले नेपाली छात्राको इज्जत, मान र प्रतिष्ठामाथि धावा बोल्ने काम भएको ठहर गर्दै काँग्रेसका सांसद डिला संग्रौला (प्रस्तावक) तथा लक्ष्मी परियार र प्रमिला राई (समर्थक) ले तत्काल कानुनी कारवाहीका लागि उक्त प्रस्तावको सूचना दिएका हुन ।

त्यस्तो अभिव्यक्तिले मित्रराष्ट्र बंगलादेशसँगको सम्बन्धमा समेत आँच पु¥याउन सक्ने भन्दै उनीहरुले प्रसाईँमाथि कानूनी कारवाही गरी संविधान र कानूनको पालनामार्फत नेपाली महिला, विद्यार्थी र नागरिकको स्वाभिमानको रक्षा गर्न आवश्यक रहेकाले प्रस्ताव दर्ता गराएको उल्लेख गरेका छन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version