राजदमार (मकवानपुर): नेपाली सेनाले काठमाडौँ तराई/मधेश द्रूत मार्गमा पर्ने कूल ३८ हजार बढी काट्नु पर्ने रूखमध्ये २७ हजारी बढी काटी सकेको जनाएको छ।

उसले सडकको मार्गधिकार अर्थात (राइट अफ वे) को बीच भागबाट समथर ठाउँमा तराईमा १०० मिटर र पहाडी ठाउँमा भिर र खोलामा ५० मिटरभित्र पर्ने रुखहरु (सरकारी र सामुदायिक बनका) रुख हाल आयोजना क्षेत्रमा काट्दै आएको छ।

 

“अहिले हाम्रो राइट अफ वेमा काटे हुने रुख चाहिँ हामीलाई ३८ हजार ६ सय ६४ मात्रै हो र त्यसमा हामीले २७ हजार ६९ रुख चाहिं काटिसकेका छौं,” आयोजनाका कार्यान्वयन तथा अपरेशन महाशाखा प्रमुख तथा प्राविधिक प्रमुख सेनानी (प्रसे) विश्वबन्धु पहाडीले जानकारी दिए।

 

“अहिले नकाटी नहुने रुख २७ हजार ६९ मात्रै हुन् त्यसैले अहिले नकाटी नहुने काट्यौं बाँकी ११,५९५ रुख हाललाई काटिने छैन,” पहाडीले भने। अहिले तत्काल काट्न नहुने नपर्ने रुखलाई काटेका छैनौं, उनले भने ।

 

“३८ हजार ६६४ काटिनु पर्ने रुखको संख्या नै फ्याक्ट फिगर हो अरु यस अघि उल्लेख भएका काटिनु पर्ने रुखका संख्या कसरी बाहिर आए त्यो थाहा भएन,” पहाडीले भने।

हामी आउँदा वन पातलै देखिरहेका छौं । त्यो मध्इे हामीलाई नकाटी नहुने रुख २७ हजार ६९ हो त्यो रुख चाहिँ काटिसक्यों, बाँकी ११ हजार ५९५ चाहिँ अहिले काट्नु परेन त्यसैले अहिले किन पर्यावरणलाई समस्या हुने गरी गर्नु, उनले भने।

 

भोलि सुरुङ वा अन्य गर्दा काट्नु पर्ने हुनसक्छ सक्छ । अर्को चरणमा काट्नै पर्ने भए मात्र काट्छौं । आवश्यकता अनुसार त्यो नम्बर सम्म गर्ने भयों । हामीले यो सब काम गर्न वन मन्त्रालयसँग स्वीकृत पहिले नै लिइसकेका छौं।

 

के रुख काटेपछि २५ वटा रोप्नै पर्ने

काटिएका रुखका ठाउं वा अन्य कतै स्थानमा रुख रोप्नका लागि हामीले सबैभन्दा पहिले नर्सरी स्थापना गरेर बिरुवा उमारेको उनले बताए ।

 

त्यसका लागि मकवानपुरको राजदमार र निजगढ गरी दुई ठाउँमा नर्सरी बनाएका छौं । विभिन्न प्रजातिका विरुवा रोप्छौं । त्यहाँ र यहाँ ६५-७० हजार तयार पारेका छौं त्यो पनि स्थानीय वातावरणमा हुर्किने खाल्का, उनले भने। अरु चाहिँ दुवै गरेर करिब डेड लाख विरुवा उप्पादन गरिसकेका छौं । हामीलाई समस्या कहाँ आयो भने जहाँ रुख थियो, त्यहाँ काटेर बाटो बनाइस्क्यों ।

 

हामि अहिले अव ती हुर्काएका रुख रोप्ने ठाउँको खोजी गर्दै छौं । त्यसपछि पहिलो चरणमा विरुवा रोप्ने ठाउँ कहाँ पाइयो भने निजगढ नगरपालिका वडा नं. ८ शान्ति टोलको एक ऐलानी जग्गामा समुदायले ५ हजार विरुवा रोप्ने ठाउँ दिएका छन्, उनले भने । त्यो रोपिसक्यौं।

 

उनले भने अझै डेढ लाख विरुवा रोप्न बाँकी छन् । त्यसका लागि ठाउँ पाएको छैन । तर, व्यवस्थापनको लागि स्थानियको समन्यवमा आवश्यक पहल भइरुहेको छ, उनले भने ।

 

काटिएका रुखहरु समुदायिक वन र सरकारी बनकाका सम्बन्धित निकायले बुझ्ने गरेका छन् । काटिएका रुख हस्तान्तरण गर्न जिल्ला वन डिभिजन कार्याल्यको प्रतिनिधि, अर्को सामुदायिक वनको प्रतिनिधि, अर्को नेपाली सेनाको रोहबरमा कति रुख काट्नुपर्ने त्यति काटेर उनीहरुलाई नै जिम्मा लगाइञ्छ, पहाडीले भने ।

 

काटिएका रुखका सट्टामा प्रिन्सिपल्ली यसकै क्षेत्र रोप्नु पर्ने हो । तर, बाटोको एक साइडमा खोला किनार छ । अर्को साइडमा भिर छ । सबै ठाउँमा पर्याप्त ठाउँ छैन । बारामा रोपेको छौं । रुख रोप्नलाई जग्गा अधिग्रहण गरेको छैन । रोप्नलाई जग्गा अधिग्रहण त गरेको छैन र सरकारी जग्गा ऐलानी जग्गा छैन्, उनले भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version