जलेश्वर: महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा आजदेखि १० दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । सोनमा गाउँपालिका–३ स्थित खखना माविको प्राङ्गणमा नेपाली सेनाद्वारा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविर आउँदो पुस ५ गतेसम्म सञ्चालनमा रहने स्वास्थ्य शिविरका संयोजक पूर्वस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले बताए ।

 

शिविरमा नेपाल आर्मी हस्पिटलका विशेषज्ञ डाक्टरहरु १८० जना सर्जनसहितको टोली, ११० जना अन्य स्वास्थ्यकर्मी तथा अन्य विभिन्न स्वास्थ्यकर्मीको टोली सहभागी रहेको छ । शिविरमा पेट तथा छाती रोग, मुटु रोग, स्त्री तथा प्रसूति रोग, बाल रोग, छाला तथा यौन रोग, नसा तथा हार्डजोर्नी रोग, नाक, कान, घाँटी रोग, आँखा रोग, दाँत रोगलगायत बहिरङ्ग सेवाको निःशुल्क उपचार हुनेछन् ।

 

त्यस्तै पित्तथैलीसम्बन्धी पत्थरी, पिसाबथैली तथा मिर्गौला, नाक, कान तथा घाँटी, हर्निया, हाइड्रोसिल, एपेन्डिक्स र अन्य शल्यक्रियासमेत निःशुल्क रुपमा हुने शिविर संयोजक डा यादवले बताए । शिविरमा फिजियोथेरापी, प्याथोलोजी सेवा, भिडियो एक्स–रे र एक्स–रे सेवा पनि निःशुल्क रुपमा प्रदान गरिने जनाइएको छ । औषधिलगायत अन्य खर्चका लागि नेपाल सरकारको रु ७० लाख तथा पूर्व राज्यमन्त्री डा यादवको संसदीय विकास कोषको रु २० लाख गरी रु ९० लाख खर्च गरिने बताइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version