काठमाडौँ: नेपाल विधुत् प्राधिकरणले स्थापना गरेका संरचना (टावर, पोल) आदिमा टेलिभिजन र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले प्राधिकारणकै पोलमा बाँधिएका र स्थापना गरेका संरचनाहरु यही साउन १५ गतेभित्र हटाइसक्न निर्देशन जारी गरेको छ ।
प्राधिकरणले अप्टिकल फाइबरमार्फत निजी केबुल तथा इन्टरनेट सेवाप्रदायक कम्पनीहरु सबैलाई उसले प्राधिकरणको खम्बा र कुनै पनि संरचनामा राखिएका तार तथा संचार उपकरण यदी राख्न चाहने हो भने प्राधिकरणले तोकेको मितिभित्र स्वीकृति लिईसक्नु पर्ने जनाएको छ ।
स्विकृती नलिई संचालन गरिएका त्यस्ता कुनै पनि संरचना प्राधिकरणले झिकिदिने र त्यसको जवादेहिता पनि नहुने प्राधिकरणले आइतबार एक बिज्ञप्ति जारी गर्दै सो सूचना जारी गरेको हो।
प्राधिकरणले यही असार २५ गते बसेको संचालक समितिको निर्णय र अप्टिकल फाइबर केवल सेवा संचालन निर्देशिका-२०७३ मा संशोधन गरी उक्त निर्णय लिएको प्राधिकरणले जनाएको छ।
बिज्ञप्तिमा भनिएको छ, ” संशोधित कार्यविधि अनुसार प्राधिकरणको संरचना प्रयोग गरी सेवा प्रदान गर्ने सम्पूर्ण सेवा प्रदायकहरु साउन १५, २०७५ भित्र सम्बन्धित स्थानीय वितरण केन्द्रमा आफुले प्रयोग गर्ने पोलहरुसहितको फाइबर अप्टिकल केवलको लम्बाई (कोरसहितको) खुल्ने विवरणसहित दर्ता भई स्वीकृति लिइसक्नु पर्नेछ”।
यस्तै, नयाँ संरचना राख्न चाहने केवल सेवा प्रदायकहरुले पनि सोहि ढांचा अनुरुप स्वीकृति लिन प्राधिकरणले भनेको छ ।
