तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रमा २३ मेगावाट विद्युत् कम उत्पादन हुँदै आएको छ । कात्तिक महिनाको दोस्रो सातादेखि नदीमा पानीको बहावमा कमी आएसँगै विद्युत् उत्पादन कम भएको हो ।

हिमालबाट बगेर आएको नदी भएको र जाडोको समयमा घामको तापक्रम घट्ने हुँदा हिमाल पनि कम पग्लने र वर्षा पनि कम हुँदा विद्युत् उत्पादनमा समेत असर पर्ने गरेको केन्द्रका विद्युत सहायक सन्तोषकुमार श्रेष्ठले बताउनुभयो । उक्त केन्द्रबाट २३÷२३ मेगावाट क्षमताका तीन वटा टवाईनबाट ६९ मेगावाट उत्पादन हुने गरे पनि पानीको बहाव घटेका कारण दिउँसो दुई वटाबाट ४६ मेगावाट मात्रै उत्पादन हुँदा २३ मेगावाट कम उत्पादन हुने गरेको केन्द्रका सहायक श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार रातको समयमा भने तीनवटै टर्वाइनबाट गरी ६९ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । दिउँसो दुई वटा टर्वाइन मात्रै सञ्चालन गर्दा पानी सङ्कलन हुने र त्यसपश्चात रातको समयमा प्रयोग गरी पूर्णक्षमताको सञ्चालनमा ल्याउन सकिएको उहाँले जानकारी दिनुभयो । चैत पहिलो हप्ताबाट गर्मी बढ्ने र हिमाल धेरै पग्लिने हुँदा मस्र्याङ्दी नदीमा पानीको बहाव बढ्ने र पुन ः पूर्णक्षमताको मेगावाटमा ल्याउन सकिने केन्द्रका प्रमुख राजेशकुमार पाण्डेले बताउनुभयो ।

‘रन टु रिभर’ भएका कारणले नदीमा पानीको बहाव बढ्ने बित्तिकै विद्युत् उत्पादन क्षमतामा वृद्धि हुन्छ । उहाँले भन्नुभयो, “असोज महिनासम्म पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदै आएको थियो ।”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version