काठमाडौं : कर्मचारी समायोजनको विरोध गर्दै आएका कर्मचारीले आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गरेका छन् ।

ब्याट ३०, ३१, ३२ र ३३ का अधिकृतहरुले मन्त्रालय अगाडि केहीबेर उभिएर विरोध जनाएका हुन् ।

विरोध प्रदर्शनलगत्तै उनीहरुले प्रशासन महाशाखा प्रमुख एवम् मन्त्रालयका सहसचिव बाबुराम अधिकारीलाई भेटेर विरोध पत्र बुझाए ।

केही समय अघिमात्रै लोक सेवा आयोगले संघमा नयाँ अधिकृत भर्ना आह्वान गरेकोमा उनीहरुको असन्तुष्टि जनाउँदै आएका छन ।

‘संघमा दरबन्दी नभएको भनेर हामीलाई समायोजन गरिएको ९ महिना नबित्दै लोक सेवा आयोगमार्फत् गत मंसिर २५ गते ठूलो संख्यामा शाखा अधिकृतको विज्ञापन गरेपछि उनीहरु विरोध प्रर्दशनमा उत्रिएका हुन ।

असन्तुष्ट अधिकृतहरुका अनुसार निजामती किताबखानाको रेकर्डमा यो बीचमा ८८ जना अधिकृतको मात्र दरबन्दी रिक्त हुने देखिए पनि लोकसेवा आयोगले भने १ हजार ९६ अधिकृतको विज्ञापन खुलाएको छ ।

संघमै धेरै दरबन्दी खालि भएको अवस्थामा आफ्नो रोजाइको प्राथमिकता र इच्छा विपरीत प्रदेश तथा स्थानीय तहमा समायोजन गरिएकोमा उनीहरुको असन्तुष्टि छ ।

यदि यही परिस्थितिमा भर्ना खोल्ने हो भने जुनियरको मातहतमा बसेर काम गर्नुपर्ने अवस्था आउने र यसबाट आफूहरुको मनोबल खस्किने भन्दै उनीहरुले आफूहरुलाई संघमा दरबन्दी व्यवस्थापन गरेपछि मात्रै बाँकी दरबन्दीमा लोक सेवा आयोगमार्फत् भर्ना खोल्नुपर्ने माग राखेका छन ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version