काठमाडौँ: नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले ‘योगदानमा आधारित सामाजिकसुरक्षा योजना’कार्यान्वयनमा देखिएका समस्याबारे श्रम मन्त्रालयलको पुनःध्यानाकर्षण गराएको छ ।

आज श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयका सचिव विनोद केसीसँगको छलफलमा परिसंघका अध्यक्ष सतिश मोरले सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन तहमा देखिएका समस्या समाधानका लागि थप पहल लिन आग्रह गरेको हो ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले सामाजिक सुरक्षा योजनाकार्यान्वयनमा देखिएका समस्या समाधानकालागि परिसंघको विशेषज्ञ कार्यदलले तयार गरेको लिखित सुझाव यसअघि नै पेश गरे पनि त्यस अनुसार समस्या समाधान नभएकाले थप पहल आवश्यक रहेको बताए।

अध्यक्ष मोरले योगदानकर्ता श्रमिकले पाउने प्रतिफल र वित्तिय सुरक्षा, दोहोरो कर तथा कोषले योगदानकर्ताका लागि दिने लगानी नीतिका बारेमा छिटो निर्णयमा पुग्न आवश्यक रहेको तर्फ मन्त्रालयको ध्यानपुग्नु पर्ने बताए ।

सामाजिक सुरक्षाका अलावा आन्तरिक तथा बाह्य क्षेत्रमा रोजगारीका अवसर सृजनामा सरकारसँग थप सघन सहकार्यका लागि परिसंघ तयार रहेको पनि अध्यक्ष मोरले उल्लेख गरे ।

सो अवसरमा परिसंघका उपाध्यक्ष राजेश अग्रवालले परिसंघले दिएका सुझाव कार्यान्वयन भए श्रमिकले पाउने प्रतिफल र वित्तिय सुरक्षा ग्यारेण्टि हुने र सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी कार्यान्वयन हुन सक्ने बताए ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिव विनोद केसीले पसिसंघका सुझावबारे मन्त्रालय गम्भिर रहेको र कार्यक्रमलाई प्रतिफलमुखी बनाउदै जान पहल भइरहेको जानकारी गराए ।

श्रम सचिव केसीले श्रम बजारलाई व्यवस्थित गर्न तथा रोजगारीको अवसर सृजना गर्न परिसंघसँगको सहकार्य बढाउदै जाने प्रतिवद्धता पनि व्यक्त गरे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version