बागलुङ: धौलागिरि साहित्य प्रतिष्ठान बागलुङद्वारा स्थापित यस वर्षको भूपि पुरस्कार थकाली सेवा समिति बुटवललाई प्रदान गरिने भएको छ ।

 

यसैगरी भूपि सम्मानद्वारा साहित्यकार मोहन चापागाईंलाई सम्मनित गरिने प्रतिष्ठानले जनाएको छ । भूपि पुरस्कारको राशि रु १५ हजार रहेको छ । ८५ औँ भूपि जयन्तीको अवसरमा आगामी पुस १२ गते ती पुरस्कार र सम्मान समर्पण गरिनेछ ।

 

प्रतिष्ठानका अध्यक्ष काजी रोशनले समितिले भूपिको स्मृतिमा प्रवेशद्वार,शालिक,पुस्तकालय निर्माण तथा अक्षयकोष स्थापनालगायतका काम भएको जानकारी दिए ।

 

विसं २०७३ मा सो पुरस्कार कोषको स्थापना गरिएको थियो । नेपाली साहित्यका विशिष्ट प्रतिभा भूपिको विसं १९९० पुसमा मुस्ताङ जिल्लाको थाक, टुकुचेमा जन्म भएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version