कास्की: पोखराको मौसममा आएको खराबीले दुई हेलिकप्टरलाई खेल मैदानमा अवतरण गराइएको छ । पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका एयर डाइनेष्टी र सिम्रिक एयरको हेलिकप्टर पोखरा विमानस्थल फर्कने क्रममा मौसममा अकस्मात खराबी आउँदा आज बिहान १०ः१० बजेको समयमा पोखरा महानगरपालिका–१९ लामाचौरस्थित सेती नदी किनारको गोस्तेघाट खेल मैदानमा अवतरण गरिएको छ ।

 

बिहान आधार शिविरतर्फ उडानको क्रममा मौसम अनुकूल रहेपनि फर्कने क्रममा विमानस्थल हुस्सुले ढाकेपछि अवतरण हुन नसकेको हो । ‘‘पोखरा विमानस्थल हुस्सुको कारणले बन्द हुँदा टावरसँगको सम्पर्कमा दुई हेलिकप्टर खेल मैदानमा अवतरण गर्नुपरेको बताइएको छ ।

 

मौसम खुल्ने वित्तिकै उड्ने तयारीमा छन्’’ पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले ले भन्नुभयो । मौसम सफा नहुँदा आज पोखरा विमानस्थलबाट आज बिहान ११ बजेसम्म कुनै पनि उडान तथा अवतरण हुन सकेका छैनन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version