काठमाडौँ: झन्डै साँढे चार करोड सहकारी ठगी गरी निक्षेपकर्ताको सावा ब्याजसमेत फिर्ता नगरी फरार रहेका दुई सहकारीका पूर्व पदाधिकारी पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रिय अनुशन्धान ब्युरोले साईनिङ्ग स्टार सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका लेखा समिति सदस्यहरु रोशन कुमार खड्गी र प्रकृति श्रेष्ठलाई काठमाडौँबाट यही साउन १० गते पक्राउ गरेको हो, सीआइवीका प्रहरी उपरीक्षक कृष्णहरी शर्माले जानकारी दिए ।

खड्गी र श्रेष्ठलाई सो ठगी मुद्दामा काठमाण्डौं जिल्ला अदालतको २०७४/०१/१७ गतेको फैसलाले ४७ लाख ६२ हजार २२५ रुपैयाँ जरिवाना र एक वर्ष ६ महिना कैद हुने ठहर गरेको थियो।

उनीहरुलाई प्रहरीले सोहि पक्राउ मितिमा काठमाण्डौ जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रिय कारागार, जगन्नाथदेवल पठाईएको शर्माले बताए।

यतो थियो घटना:
साईनिङ्ग स्टार सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका संचालक समिति पदाधिकारीहरुले बिभिन्न मितिमा आकर्षक व्याज र उपहारको प्रलोभनमा पारी निक्षेपकर्ताहरुबाट संकलित रकम रु ४,१७,५८,७९९.५०। (चार करोड सत्रह लाख अन्ठावन्न हजार सात सय उनान्सय रुपैयाँ,पचास पैसा) हिनामिना, गरी आफ्नो नाउँमा घर जग्गा खरिद गरी, निक्षेपकर्ताको सावा व्याज समेत फिर्ता नगरी ठगी गरेका थिए ।

पक्राउ प्रतिबादीहरु:-
१) नाम:- रोशन कुमार खड्गी र प्रकृति श्रेष्ठ
ठेगाना:- काठमाण्डौं जिल्ला.का.म.न.पा वडा.न.१३ ताहाचल

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version