काठमाडौँ: राष्ट्रिय मानव अधिकार आयोगले विदेशमा रहेका नेपाली नागरिक तथा आप्रवासी कामदारको मतदानको अधिकारको विषयमा आज निर्वाचन आयोगसँग छलफल गरेको छ ।

आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकार र आवधिक निर्वाचन लोकतन्त्रको कडी रहेको अवस्थामा लाखौँ सङ्ख्यामा नेपाली नागरिक वैदेशिक रोजगारीका क्रममा रहेका मतदानको अधिकार संरक्षण गर्ने दायित्व सरकार तथा निर्वाचन आयोगको रहेको बताउनुभयो ।

आप्रवासी कामदारको मतदानको अधिकार मानव अधिकारको विषय भएकाले अन्य देशको अनुभव अध्ययन गरी प्रक्रिया अगाडि बढाउनुपर्ने उहाँको सुझाव थियो ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपालीको मतदानको अधिकारको विषयमा मानव अधिकार आयोगको सिफारिस, सर्वोच्च अदालतको परमादेश र कार्यदलको अध्ययन प्रतिवेदनको सुझावलाई निर्वाचन आयोगले संवेदनशील रुपमा लिएर ऐन संशोधनको प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो ।

निर्वाचन ऐन मस्यौदा तयार भइरहेको अवस्थामा आयोगले सरकारलाई सिफारिस तथा उक्त विषयमा बहस चलाएर सहयोग गर्न आग्रह गर्नुभयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version