काठमाडौँ: राष्ट्रिय वाणिज्य बैंकले (आरबीबी) र युनाइटेड इन्स्योरेन्स कन्पनी (नेपाल) बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) का का.मु. प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा युनाइटेड इन्स्योरेन्स कन्पनी (नेपाल)बाट गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकको हाल ७४ जिल्लामा २०४ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । गत आवको आषाढ समान्तसम्म बैंकले १ खर्व ६८ अर्व निक्षेप संकलन गरी १ खर्व २१ अर्व कर्जा लगानी गरेको छ ।
