कैलाली : धनगढी उपमहानगरपालिकाले चिसोका कारण उपमहानगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय दुई दिन बिदा दिने आज निर्णय गरेको छ ।

 

केही दिनदेखि आएको मौसमी खराबीका कारण अत्याधिक चिसो बढ्न गई नियमित विद्यालय सञ्चालन गर्न कठिनाई भएकाले यही ३ र ४ गते विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

सामुदायिक र संस्थागत विद्यालयमा वर्षे र हिउँदे बिदाबाट मिलान हुने गरी आज बिहान मात्रै विद्यालय बिदा दिने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version